अखिल भारतीय विद्यार्थी परिषद्-द्वारा भोलि सिलगढीमा हुँकार ‍र्‍याली निकालिइने

सिलगढी :  अखिल भारतीय विद्यार्थी परिषद्ले 5 सुत्रीय मागलाई लिएर भोलि 24 फरवरीको दिन हुँकार र्‍यालीको आयोजना गर्ने भएको छ। आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर तिनीहरूले यसबारे जानकारी दिएका छन्। यस अवसरमा अखिल भारतीय विद्यार्थी परिषद्का राज्य सचिव निधि त्रिपाठी, सप्तश्री सरकार लगायत अन्य उपस्थित थिए। सप्तश्री सरकारले बताएअनुसार बेरोजगारी, नारी सुरक्षा, गणतन्त्र रक्षा लगायत अन्य विविध मागलाई लिएर अखिल भारतीय विद्यार्थी परिषद्ले भोलि हुँकार र्‍यालीको आयोजना गर्ने भएको छ। भोलि बिहान 11 बजी सिलगढीको एयरभ्यु मोडबाट एउटा र्‍याली शुरू गरेर विभिन्न पथहरूको परिक्रमा गरेपछि अन्तमा बाघाजतीन पार्कमा पुगेर समापन गरिने भएको छ। लगभग साढे एघार हजार सदस्यहरू उक्त र्‍यालीमा सामेल हुने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *