अवैध रूपमा बलुवा बोकेको ट्र्याक्टर सहित व्यक्ति पक्राउ

नक्सलबारी : नक्सलबारी थाना पुलिसले अवैध रूपमा बलुवा बोकेको ट्र्याक्टर सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। नक्सलबारी बाबुपाडाको नतुन रास्ता इलाकामा पुलिसले आज बिहान अभियान चलाएर अवैध रूपमा बलुवा बोकेको ट्र्याक्टर सहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। गत राति पनि पुलिसले नक्सलबारी रकमजोत इलाकामा अवैध क्रसर सिल गरेको थियो भने आज फेरि अवैध बलुवा बोकेको ट्र्याक्टर जफत गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *