काल बैशाखी तूफानले कुचबिहारमा 2 जनाको मृत्यु, धेरैजना घाइते

कुचबिहार : कुचबिहारमा काल बैशाखी तूफानले गर्दा 2 जनाको मृत्यु भएको छ भने लगभग 100 जना घाइते भएका छन्। प्राप्त जानकारीअनुसार गत साँझ परेको काल बैशाखी तूफानले गर्दा कुचबिहारको धेरैजसो इलाकामा व्यापक क्षति भएको छ। कुचबिहार 1 नम्बर ब्लक, माथाभाङ्गा  नम्बर ब्लक लगायत यहाँको केही इलाकामा बिजुलीको खाँबो लड्नको साथै धेरैजसो घरहरू क्षतिग्रस्त बनेको बताइएको छ। चक्रवात तूफानले गर्दा उडाएर ल्याएको टीनको छानाले लागेर कुचबिहारको 1 नम्बर ब्लकको मोयामारी ग्राम पञ्चायत इलाकाको छोटा आठोरोकोटा निवासी जहाँगीर आलमको मृत्यु भएको छ। यसैगरी, चक्रवाती तूफानको चपेटमा परेर सुकटाबारी निवासी एकजना व्यक्तिको मृत्यु भएको छ। चक्रवाती तूफानले गर्दा घाइते भएकाहरूलाई उपचारको लागि कुचबिहार एमजेएन मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। अर्कोतिर, कुचबिहार जिल्ला प्रशासनका उच्च अधिकारी, दमकल कर्मी, पुलिस प्रशासन, डिजास्टर म्यानेजमेन्टका कार्मचारीहरू उक्त विध्वस्त इलाकामा पुगेर उद्धार कार्य शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *