खरसाङको महल्दीराम चियाबारीमा सामाजिक जनचेतना तथा लुगाफाटा वितरण

खरसाङ : खरसाङ पुलिस थानाका आईसी नेबेन्दु सरकारले खरसाङ महकुमा अन्तर्गत महल्दीराम चियाबारीका जनसाधारणलाई सामाजिक जनचेतना फैलाए। यस अवसरमा आईसी नेबेन्दु सरकारले महल्दिराम चियाबारीका जनसाधारणलाई लुगाफाटा र मिठाईहरू पनि वितरण गरे। तिनले दुर्गा पुजाको अवसरमा जनसाधारणलाई विभिन्न विषयमा जनचेतनामूलक वक्तव्यहरू राखे। यस अवसरमा आईसी नेबेन्दु सरकारद्वारा महल्दीराम चियाबारीका चार वर्षदेखि साठ्ठी वर्षसम्मकाहरूलाई लुगाफाटाहरू वितरण गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *