पश्चिमबंग राज्य सरकारी कर्मचारी फेडरेसनको तर्फबाट रक्तदान शिविरको आयोजना

राजगञ्ज : वन सहिद दिवसको उपलक्ष्यमा पश्चिमबंग राज्य सरकारी कर्मचारी फेडरेसनको दार्जिलिङ जिल्ला कमिटी (समतल)-को तर्फबाट आज रक्तदान शिविरको आयोजना गरियो। आमबारी तारघेरा मैदानमा आयोजना गरिएको उक्त शिविरमा धेरैजना कर्मचारीहरूले रक्तदान गरे। उक्त शिविरमा संग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको ब्लड ब्याङ्कमा पठाइनेछ।


यस अवसरमा राजगञ्जका विधायक खगेश्वर रायले बताएअनुसार पश्चिमबंग राज्य सरकारी कर्मचारी फेडरेसनको वन विभागका कर्मचारीहरूको तर्फबाट वन सहिद दिवस पालन गर्नको साथै रक्तदान शिविरको आयोजना गरेको हो। उक्त शिविरमा पश्चिमबंग राज्य सरकारी कर्मचारी फेडरेसनका सचिव सरजीत पाल, फेडरेसनका दार्जिलिङ जिल्ला सभापति एन्थोनी रोजारियो, दार्जिलिङ जिल्लाका सचिव अशोक बन्दोपाध्याय लगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *