भारत-बङ्ग्लादेशको संयुक्त पहलमा फुलबारी बर्डरमा रिट्रीट कार्यक्रम

राजगञ्ज : फुलबारी बर्डरमा बङ्ग्लादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती साथै बङ्गबन्धु शेख मुजीबुर रहमानको जन्म शताब्दीको अवसरमा आज रिट्रीट कार्यक्रमको आयोजना गरियो। आज साँझमा बीएसएफ अनि बीजीबीको संयुक्त पहलमा फुलबारी बर्डरमा दुवै देशमाझ रिट्रीट लगायत अन्य कतिपय कार्यक्रमहरूको आयोजना गरियो। यसबारे बीएसएफका नर्थ बेङ्गाल फ्रन्टियर आईजी सुनील कुमारले बताएअनुसार भारत र बङ्ग्लादेशमाझ सदैव राम्रो सम्बन्ध रहेको छ। केही दिनअघि बङ्गबन्धु शेख मुजीबुर रहमानको जयन्तीमा एउटा मैत्री साइकल र्‍यालीको पनि आयोजना गरिएको थियो।


आज भारत-बङ्ग्लादेशको संयुक्त पहलमा बङ्ग्लादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती साथै बङ्गबन्धु शेख मुजीबुर रहमानको जन्म शताब्दीको उपलक्ष्यमा एउटा रिट्रीट साथै परेडको आयोजना गरियो। यस अवसरमा सुनील कुमार आईजी नर्थ बेङ्गाल फ्रन्टियर बीएसएफ, सिलगढी पुलिस कमिश्नर डीपी सिंह, बङ्ग्लादेश बर्डर गार्डका पञ्चगढ़को रिजिभनर कमान्डर कायसर हसन मलिक लगायत दुवै देशका सीमा सुरक्षा वाहिनीका अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *