लकडाउनको उल्लङ्घन गरेको आरोपमा  सिलगढीमा 32 जना हिरासतमा

सिलगढी : राज्य सरकारको निर्देशानुसार आज राज्यभरि झैँ यता सिलगढीमा पनि लकडाउन चलिरहेको छ। आज बिहानैदेखि सिलगढीको विभिन्न थानाको तर्फबाट यहाँको विभिन्न ठाउँहरूमा अभियान चलाइरहेको छ। प्रधान नगर थानाका पुलिसले सादा पोशाकमा चम्पासारी, देवीडाङ्गा, मिलन मोड़, समर नगर, बाड़तल्लालगायत अन्य केही इलाकाहरूमा अभियान चलाए। उक्त अभियान अवधि लकडाउनको उल्लङ्घन गरेर दोकान खोल्ने मानिसहरूसहित सडकमा बिना कारण घुमिहिँड्ने 32 जना मानिसहरूलाई हिरासतमा लिएको छ। हिरासतमा लिएको मानिसहरूविरुद्ध डिजास्टर म्यानेजमेन्ट एक्ट अन्तर्गत मामिला दर्ता गरेर कानुनी कार्वाही शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *