शेर्पा संगठनबाट केही पदाधिकारीहरू निष्कासित गरिएको घोषणा

सुकेपोखरी : अल शेर्पा ऐसोसिएसन दार्जिलिङ तराई डुवर्स संगठन अनि शेर्पा कल्चलर बोर्डबाट निष्कासित पूर्व कन्भेनर निमा छिरिङ शेर्पा, रिम्बिकका दावा शेर्पा, लाब्दाका वाङछेन शेर्पा, रङली-रङ्लियटका निमा नर्बु शेर्पालाई पहिलाबाट संगठन अनि बोर्डका सम्पूर्ण पद अनि सदस्यताबाट निष्कासित गरिएको बोर्ड कन्भेनर दावा कर्मा शेर्पाले जानकारी दिएका छन्। संगठन अनि बोर्डको सबै पदहरूबाट निष्कासित सदस्यहरूले जनसाधारणलाई भ्रममा राखेर कतिपय राजनीतिक दलसँग आवद्ध भएर बोर्ड अनि संगठनको कार्यहरूमा हस्तक्षेप गरिरहेको आरोप लगाउँदै शेर्पा समुदायले यस्ता व्यक्तिदेखि सबैलाई सतर्क बस्ने अपील गरेको छ। दावा कर्मा शेर्पाले संगठन अनि बोर्डका कन्भेनरको रूपमा विगत 2018 देखि कार्यभार सम्भालेको बताएका छन्। रिम्बिकका दावा शेर्पालाई, लाब्दाका वाङछेन शेर्पा रङ्गली-रङलियटका निमा नर्बु शेर्पालाई पनि सदस्यता खारेज गरेर पद अनि सदस्यताबाट निष्कासित गरिएको रिम्बिकका चिन्टु शेर्पा, छ माइल युनिट सचिव उमेश शेर्पा, लाब्दा युनिट सचिव मोहनलाल शेर्पा, रागेरूङ युनिट सचिव दिलेन शेर्पाले ती व्यक्तिहरूलाई गैर जिम्मेवारीपूर्ण कार्य गरेकोले संगठनबाट निष्कासित गरिएको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *