10 लाखको अवैध काठसहित दुईजना पक्राउ

राजगञ्ज : बेलाकोबा रेन्जको वनकर्मीहरूले लगभग 10 लाख रुपियाको अवैध काठ जफत गरेको छ। वन विभाग सुत्रले दिएको जानकारी अनुसार बुधबार बिहान धेरै मात्रामा अवैध काठहरू एउटा वाहनमा लादेर तस्करीको लागि गाजोलडोबा क्यानलको मार्ग भएर सिलगढी लगिरहेको थियो। यसबारे गोप्य सुचना पाएपछि वन कर्मीहरूले उक्त वाहनलाई रोकेर छानबिन गर्दा वाहन चालकले केही वैध कागतपत्र देखाउन सकेन। यसपछि तिनलाई केरकार गर्दा एकजना व्यक्तिले उक्त अवैध काठ उदलाबारीबाट सिलगढी पुर्याउन लगाएको बताए। यसपछि नै अवैध काठसहित वाहन वन विभागले दुईजनालाई पक्राउ  गर्नको साथै घटनाबारे जाँच शुरू गरेको वनविभाग सुत्रले बताएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.