5 वर्षीय बालिकासित दुष्कर्म गरेको आरोपमा नाबालक पक्राउ

फाँसीदेवा : फाँसीदेवामा 5 वर्षीय बालिकासित दुष्कर्म गरेको एकजना नाबालकविरुद्ध अभियोग उठेको छ। पुलिसले उक्त नाबालकलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 30 जुलाईको दिन उक्त बालिकाको आमा-बाबु प्रत्येक दिन झैँ काम गर्न गएका थिए भने कामबाट घर फर्किआएपछि तिनीहरूले बालिकालाई रुदै गरेको देखे। यसपछि आमा-बाबुले सोध्दा उक्त बालिकाले घटनाबारे विस्तृत रूपमा बताइन्। दुष्कर्म गरेकोबारे कसैले भनेको खण्डमा ज्यान समेत लिने उक्त नाबालकले धम्की दिएको आरोप रहेको छ। घटनाबारे पीडित परिवारका सदस्यहरूले फाँसीदेवा थानामा लिखित अभियोग दर्ता गरेपछि पुलिसले उक्त नाबालकलाई पक्राउ गरेको छ। हाल पीडित बालिकालाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरिएको छ। फाँसीदेवा थाना पुलिसले आज आरोपी नाबालकलाई जुभेनाइल कोर्टमा पठाएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.