आबकारी विभाग-द्वारा साढे 5 लाख रुपियाँको नकली रम-रक्सी जफत

दालखोला :  उत्तर दिनाजपुर जिल्लाको आबकारी विभागले दालखोला भुषामनि दीपचर इलाकामा अभियान चलाएर धेरै मात्रामा नकली रम-रक्सी उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार पश्चिमबंग आबकारी विभागका मालदा डिभीजनको एडिसनल सुपरिटेन्डेन्ट गौतम दासको नेतृत्वमा दालखोला भुषामनि दीपचर इलाकामा अभियान चलाएर लगभग साढे 5 लाख रुपियाँको नकली रम-रक्सी जफत गरेको बताइएको छ। यसको साथै पुलिसले रम-रक्सी तयारी गर्ने सर-समान पनि उद्धार गरेको छ। अवैध रूपमा बिहारमा बिक्री गर्ने उद्देश्यले उक्त नकली रम-रक्सी तयारी गर्ने गर्ने आबकारी सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *