आज विश्व मच्छर दिवस

 सिलगढी : विश्वभरी नै प्रत्येक वर्ष 20 अगस्तको दिन विश्व मच्छर दिवस पालन गरिन्छ। उक्त दिवस पेशेवर चिकित्सक रोनाल्ड रसको स्मृतिमा पालन गर्ने गरिन्छ, जसले विगत 1897-मा  मानिसहरूमा के कारणले मलेरिया जस्तो प्राणघातक बिमारी हुने गर्दछ भन्नेबारे खोजी गरेका थिए। विश्व मच्छर दिवसको शुरु 20 अगस्त 1897-बाट भएको थियो। लिभरपूल स्कूल अफ ट्रपीकल मेडिसिनका डाक्टर रोनाल्ड रसले 20 अगस्तको दिन मलेरियाको संवाहक एनोफिलीज मच्छर हो भन्नेबारे पत्तो लगाएका थिए। यसपछि तिनकै प्रयासले मच्छरबाट हुने बिमारीको रोकथाम अनि उपचारको लागि संसारभरिमा अभियान चलाएर मलेरियाले सिकिस्त भएका हजारौँ मानिसहरूको पनि ज्यान बचाइएको थियो। तिनलाई यस प्रकारको योगदानको लागि 1902 मा नोबेल पुरस्कारद्वारा सम्मानित पनि गरिएको थियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.