आज विश्व फोटोग्राफी दिवस

सिलगढी : प्रत्येक वर्ष 19 अगस्तको दिन विश्व फोटोग्राफी दिवस-को रूपमा मनाइने गरिन्छ । विश्व फोटोग्राफी दिवसको मुख्य उद्देश्य विश्वभरिको फोटोग्राफरहरूलाई एकजुट पार्नु हो । विगत 2009  मा अस्ट्रेलियाका फोटोग्राफर कोर्स्के आराले विश्व फोटोग्राफी दिवस योजनाको शुरूवात गरेका थिए । 19 अगस्त 2010 को विश्व फोटोग्राफी दिवसमा सर्वप्रथम वैश्विक अनलाइन ग्यालरीको आयोजना गरिएको थियो । फोटोग्राफी शब्दको उत्पति ग्रीक शब्द फोटोज (प्रकाश) अनि ग्राफी (खिचनु) बाट भएको हो भन्ने भनाई रहेको छ । 1839 मा वैज्ञानिक सर जन एफ डब्ल्यू हश्रेलले सबैभन्दा पहिला यस शब्दको प्रयोग गरेको भन्ने भनाई रहेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.