कुचबिहार : कुचबिहार जिल्लाको माथाभाङ्गा प्रखण्ड अन्तर्गत पर्ने पारडूबीको भानुरकठी मोड़ इलाकामा एउटा बाइक अनि अल्टो ठोक्किँदा दुईजना व्यक्तिहरू गम्भीर रूपमा घाइते भएका छन्। बिहिबार लगभग दस बजी स्थानिय मानिसहरूले एउटा आवाज सुनेपछि आफ्नो घरबाट बाहिर निस्केर हेर्दा बाइक सवारसहित अल्टो चालक घाइते अवस्थामा सडकमा लडिरहेका थिए। यस घटनामा बाइक सवार श्रीदाम सरकार गम्भीर रूपमा घाइते भएको बताइएको छ। तिनलाई गम्भीर अवस्थामा माथाभाङ्गा अस्पतालमा भर्ना गरिएको भने अल्टो चालक शाहनूर मियालाई हल्का चोट लागेको बताइएको छ। घटनाको जानकारी पाएर पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गर्नको साथै दुवै वटा वाहनलाई जफत गरेको बताए।