सिलगढी : अन्तर्राष्ट्रिय मादक विरोधी तथा तस्करी विरोधी दिवसको उपलक्ष्यमा आज दार्जिलिङ पुलिसको तर्फबाट सेभोक बजारमा सचेतनतामूलक रैलीको आयोजना गरियो। सेभोक पुलिस आउट पोस्ट थाना परिसरबाट निकालेको उक्त रैलीले बजारको परिक्रमा गर्दै रैलीको माध्यमद्वारा प्ला कार्डहरू बोकेर स्थानीय मानिसहरूलाई जागरूकताको सन्देश दिइयो।
उक्त रैलीमा सेभोक थानाका ओसी तपन दास लगायत अन्य पुलिस अधिकारीहरू, युवा जमात, समाजिक कार्यकर्ताहरू साथै व्यापारीवर्ग उपस्थित थिए। यस अवसरमा दार्जिलिङ पहाडलाई ड्रग्समुक्त गर्नका लागि उपस्थित भेला भएका सबै युवा पिंढीले शपथ ग्रहण गरे। यसको साथै स्थानीय केही खेलाडीहरूलाई संवर्द्धना पनि जनाइयो।