अपहृत कृषक बङ्ग्लादेशबाट उद्धार

कुचबिहार : एकजना भारतीय कृषकलाई जबरजस्ती अपहरण गरेर लगेको केही बाङ्ग्लादेशी दुष्कृतिहरूविरुद्ध अभियोग उठेको छ। कुचबिहारको भारत-बङ्ग्लादेश सीमावर्ती कुचलीगुड़ी ग्राम पञ्चायतअन्तर्गत पर्ने जाबुराबाड़ीमा 13 नम्बर काँटा तार संलग्न इलाकामा उक्त घटना घटेको हो। प्राप्त जानकारीअनुसार गत बुधबार जगबन्धु राय नामक एकजना भारतीय कृषक काँटा तार पारि आफ्नो खेतमा गएको समय केही बङ्ग्लादेशी दुष्कृतिहरूले तिनलाई अपहरण गर्नको साथै तिनीसँग कुटपीट गरेको बताइएको छ। घटनाको खबर पाएर बीएसएफ तथा पुलिस घटनास्थलमा पुगे। बीएसएफ सूत्रले दिएको जानकारीअनुसार बुधबार राति अपहृत कृषकलाई सुरक्षित भारत फर्काइ ल्याएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.