आश्रममा छात्रको रहस्यमयी मृत्यु

कुचबिहार : कुचबिहारको घुघुमारी इलाकास्थित एउटा आश्रममा आगोमा जलेर एउटी छात्रको रहस्यमयी मृत्यु भएपछि सनसनी मच्चिएको छ। मृतक छात्र कुचबिहार 5 नम्बर वार्ड निवासी 15 वर्षीय महादेव महतोको रूपमा चिन्हित भएको छ। सानैदेखि उक्त छात्रा आश्रममा बस्दै आइरहेका थिए। तिनको बाबुको मृत्यु भइसकेको छ भने तिनकी आमा रीता महतो मानिसहरूको घरमा काम गर्ने गर्छिन्। आश्रमका अन्य केही छात्रहरूले तिनलाई आगोमा जलाएर मारेको हो भन्ने परिवारका सदस्यहरूको आरोप रहेको छ। तथापि, आश्रम प्रबन्धनको तर्फबाट उक्त आरोपलाई निराधार बताए। आश्रम प्रबन्धनको तर्फबाट छात्रले आफै आफ्नो शरीरमा आगो लगाएको हो भनी बताइएको छ। यस घटनालाई लिएर महादेवका परिवारका सदस्यहरूले कुचबिहार कोतवाली थानामा लिखित रूपमा अभियोग दर्ता गरेपछि पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


अर्कोतिर, होम सूत्रले दिएको जानकारीअनुसार सोमबार स्कुल जानअघि आश्रमको कार्यालयमा गएर दौलो बन्द गरेर महादेवले आफ्नो शरीरमा आफै आगो लगाएको हो। यसपछि आश्रमका अधिकारीहरूले जलेको अवस्थामा तिनलाई उद्धार गरेर कुचबिहार सरकारी मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरे तापनि सोमबार राति नै उक्त छात्रको मृत्यु भएको बताइएको छ। यस घटनापछि मंगलबार बिहान महादेवका परिवारका सदस्यहरूले अस्पताल परिसरमा विरोध प्रदर्शनी गरे। यस घटनापछि आश्रममा बसेका अन्य नानीहरूलाई परिवारका सदस्यहरूले आफ्नो घर लिएर जाने क्रम शुरू भएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.