अवैध काठसहित एकजना व्यक्ति पक्राउ

कुचबिहार : तलिगुढी वन विभागका कर्मचारीहरूले तुफानगञ्ज महकुमाको चिलखाना-1 नम्बर ग्राम पञ्चायत इलाकामा अवैध काठसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार मंगलबार अबेर राति तुफानगञ्जको 31 नम्बर राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने चिलखाना इलाकामा उक्त व्यक्तिले एउटा भुटभुटीमा अवैध काठ लादेर लगिरहेको समय स्थानीय मानिसहरूले यसबारे वन विभागलाई खबर दिए। तलिगुढी वन विभागका रेन्जर अनि अन्य कर्मीहरू घटनास्थलमा पुगेर अवैध 10 सीएफटी काठसहित उक्त व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका व्यक्ति अमिनुर हुसैनको रूपमा चिन्हित भएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.