अवैध काठ उद्धार

कालचिनी: डुवर्सको कालचिनी ब्लकबाट वन विभागले आज छापामारी अभियान चलाएर धेरै मात्रामा अवैध काठ उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार हेमिल्टनगञ्ज रेञ्जका वन कर्मीहरूले गोप्य सूचनाको आधारमा यहाँको सरोजित कोलोनी क्षेत्रमा आज अपरान्ह छापामार अभियान चलाएर अवैध 25 सीएफटी काठ उद्धार गरेको छ। उद्धार गरिएको काठको अनुमानित मूल्य 50 हजार रूपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *