आवश्यकमन्द नानीहरूलाई लुगाफाटा वितरण

उदलाबाड़ी : उदलाबाड़ी सोशल वेलफेयर सोसाइटीको तर्फबाट आवश्यकमन्द नानीहरूलाई लुगाफाटा वितरण गरियो। आज लगभग 11 बजी उदलाबाड़ी विधानपल्ली विद्यापीठ नजिक एउटा कार्यक्रमको माध्यमद्वारा आवश्यकमन्द नानीहरूलाई लुगाफाटा वितरण गरियो। यस सम्बन्धमा संस्थाका सदस्यहरूले  गरिब नानीहरूले पुजामा नयाँ लुगाफाटा किन्न नसक्ने हुनाले तिनीहरूलाई सहायता गर्ने उद्देश्य लिएर आफूहरूले पुजाको समयमा नयाँ लुगाफाटा व्यवस्था गरेको बताए। यसको साथै आज आवश्यकमन्द मानिसहरूलाई यस संस्थाका सदस्यहरूले दिउँसोको भोजन पनि खुवाए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.