आवश्यकमन्दहरूलाई लुगाफाटा वितरण

खोरीबारी : दुर्गापुजाको उपलक्ष्यमा आज पानीट्याङ्की रूरल डेभलपमेन्ट एन्ड एजुकेशनल सोसाइटीको तर्फबाट लुगाफाटा वितरण गरियो। यस अवसरमा सोसाइटीका सचिव विमल सिन्हा, अध्यक्ष विद्या शर्मा, जावा अखाड़ा क्लबका अध्यक्ष सन्ध्या किण्डो, सेक्रेट्री मीनु कुजुरलगायत अन्य मानिसहरू उपस्थित थिए। सोसाइटीका सेक्रेट्री बिमल सिन्हाले दुर्गापुजाको उपलक्ष्यमा नक्सलबारी क्षेत्रको हात्तीघिसा, विजय नगर टी स्टेट (तीन लाईन) -मा लगभग 2 सय 30 जना आवश्यकमन्द मानिसहरूलाई लुगाफाटा वितरण गरियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.