बाघडुग्रामा प्रखण्ड अधिकारीले गरे पुजा पण्डालको उद्घाटन

खोरीबारी : बाघडुग्रा सुकान्तपल्ली पुजा पण्डालको नक्सलबारी प्रखण्ड विकास अधिकारी बापी धरले विधिवत् रूपमा उद्घाटन गरे। यस अवसरमा गरीब तथा आवश्यकमन्द मानिसहरूलाई सुकान्तपल्ली पुजा कमिटीको तर्फबाट लुगाफाटा वितरण गरियो। पुजा उद्घाटन समारोहमा बीडीओ बापी धरले पुजा कमिटीद्वारा आवश्यकमन्द मानिसहरूलाई लुगाफाटा वितरण गर्नु धेरै सराहनीय रहेको बताए। यस अवसरमा पुजा कमिटीका सदस्यहरू पनि उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.