बहिनीसँग कुकर्म गर्नेलाई फाँसीको सजाय

दार्जिलिङ : आफ्नै 11 वर्षीय बहिनीसँग दुष्कर्म गरेर हत्या गरेको आरोपमा अन्ततः पाँच वर्षपछि एकजना व्यक्तिलाई दार्जिलिङ एडिसलन डिस्ट्रिक्ट कोर्टले फाँसीको सजाय सुनाएको छ। यसबारे सरकारी वकील प्रणय राईले जानकारी दिँदै आरोपी व्यक्ति नक्सलबारी निवासी 34 वर्षीय सुदामा शर्मा हुन् भनी बताएका छन्। घटनाक्रमअनुसार गत 2014-को नोभेम्बर महिनामा सुदामाले आफ्नै 11 वर्षीय बहिनीसँग दुष्कर्म गरेपछि मेची खोला नजिक कोराबारीको जङ्गलमा लगेर रुखमा झुण्ड्याएर मारेको सुदामाविरुद्ध आरोप रहेको सरकारी वकील प्रणय राईले बताए। दार्जिलिङ जिल्ला सत्र न्यायालयको विशेष प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्सेस (पोक्सो) अदालतका न्यायाधीश रूपाञ्जन चक्रवर्तीले आरोपीलाई फाँसीको निर्देश सुनाएका हुन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.