बैठक अवधि भाजपा कार्यकर्ताहरूमाथि हमला

कुचबिहार : भाजपा कार्यकर्ताको घरमा एउटा बैठक अवधि हमला गरेको तृणमूल कांग्रेसविरुद्ध अभियोग उठेको छ। उक्त घटना तुफानगञ्ज महकुमाको बक्सिरहाट महीषकूची इलाकामा घटेको हो। भाजपा बुथ उपाध्यक्षमाथि धारिलो हतियारले हमला गरेको आरोप रहेको छ। घाइते उपाध्यक्ष साधन चन्द्र साहालाई बक्सिरहाट अस्पतालमा भर्ना गरेपछि हाल तिनी उपचाराधीन अवस्थामा छन्। प्राप्त जानकारीअनुसार तुफानगञ्ज महकुमाको 38 नम्बर बुथ भाजपा उपाध्यक्ष साधन चन्द्र साहाले महीषकूची इलाकामा एकजना कार्यकर्ताको घरमा बैठक गरिरहेको समय तृणमूल कांग्रेसका केही कार्यकर्ताहरूले तिनीमाथि धारिलो हतियारले प्रहार गरेर घाइते बनाएको आरोप लगाएको छ। उक्त घटनाको खबर पाएर भाजपाका अन्य कार्यकर्ताहरू घटनास्थलमा पुगेपछि ती दुष्कृतिहरूले त्यहाँबाट सुइँकुच्चा ठोकेको बताइएको छ। अर्कोतिर, तृणमूल कांग्रेसले आफूहरूमाथि लगाएको आरोप निराधार रहेको बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.