भाजपाद्वारा तृणमूल विरुद्ध विक्षोभ र्‍याली

कुचबिहारः विभिन्न ठाउँहरूमा भाजपा कर्मीहरूसँग कुटपीट गरेको, घर तथा पार्टी कार्यालय तोड़फोड गरेको विरोधमा भाजपाद्वारा बिहिबार कुचबिहार आउटपोस्ट पुलिस थाना घेराउ गरेर विरोध प्रदर्शनी गरियो। कुचबिहार जिल्ला भाजपा पार्टी कार्यालयअघिबाट निकालिएको जुलूसले विभिन्न ठाउँहरू परिक्रमा गर्दै अन्तमा यहाँको थाना परिसरमा पुगेर समर्थकहरूले विरोध प्रदर्शनी गरे। उक्त विक्षोभ प्रदर्शनीमा भाजपा कुचबिहार जिल्ला अध्यक्ष मालती राभा राय, जिल्ला सचिव संजय चक्रवर्तीलगायत अन्य सदस्यहरू उपस्थित थिए।


 

भाजपा जिल्ला अध्यक्ष मालती राभा रायले हाल कुचबिहार जिल्लाभरिनै भाजपा समर्थकहरूलाई कुटपीट गरिरहेको साथै पार्टी कार्यालयहरू पनि तोडफोड गरिरहेको आरोप लगाइन्। तृणमूल कांग्रेस समर्थकहरूले यस प्रकारको तोडफोड कार्य  गरिरहेको आरोप लगाउँदै पुलिस प्रशासनसमक्ष यसबारे जानकारी गराए तापनि कुनै प्रकारको पहल नचालेको तिनले बताइन्। यदि चाँडै तोडफोड गर्नेहरूविरुद्ध कार्वाही नगरे भाजपाको तर्फबाट आन्दोलन गर्ने पनि तिनले चेताउनी दिइन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.