बङ्गालमा भाजपाको गाँधी संकल्प यात्रा शुरू

कोलकाता : महात्मा गाँधीजीको आदर्श एवम् सिद्धान्तलाई सबै स्तरका मानिसहरूसम्म पुऱ्याउने उद्देश्य लिएर पश्चिम बङ्गालमा भाजपाको गाँधी संकल्प यात्रा आजदेखि शुरू भएको छ। प्रदेश भाजपा अध्यक्ष दिलीप घोषले आफ्नो संसदीय क्षेत्र खड़गपुरको कर्नगढ़ महामाया मन्दिरदेखि तिरङ्गा फहराएर यात्राको शुभारम्भ गरे। उक्त यात्रा आगामी 26 अक्टोबरसम्म चल्नेछ। यस यात्रा अवधि सबै 42 संसदीय क्षेत्रहरूमा 6 हजार 5 सय किलोमीटरको यात्रा तय गरिने भएको छ। यस यात्रामा भाजपा पार्टीका सांसद, विधायक, राज्य स्तरीय नेता, जिल्ला नेता तथा स्थानीय नेता एवम् कार्यकर्ता सामेल हुनेछन्। स्मरण रहोस्, भाजपाले देशभरिमैं गाँधी संकल्प यात्रा गत 2 अक्टोबरदेखि शुरू गरेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.