बङ्गालमा सीएए लागू नभए राष्ट्रपति शासन लागू हुनसक्ने

कोलकाता : नागरिकता संशोधन कानुन (सीएए)-लाई लिएर देशभरिनै विरोध-प्रदर्शनी लगातार रूपमा चलिरहेको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले कड़ा शब्दमा यसको विरोध गर्दै बङ्गालमा सीएए र एनआरसी लागू हुन नदिने दावी गर्दै आइरहेकी छन्। सीएएलाई लिएर मुख्यमन्त्री स्वयम् सड़कमा ओर्लिएकी छन्। यस्तो अवस्थामा बङ्गालमा उक्त कानुनलाई लागू नगराए राष्ट्रपति शासन लागू गरिने भएको बताइएको छ। संसदको दुईवटा सदनबाट पारित भएर राष्ट्रपतिको हस्ताक्षरपछि नै उक्त कानून बनिसकेको कारणले अब एकमात्र केन्द्र सरकार नै यस कानुनलाई रद्द गर्न सक्ने सम्बन्धित विशेषज्ञहरू बताउँछन्। यदि राज्य सरकारले बङ्गालमा यस कानुनलाई लागू गर्नदेखि अस्वीकार गरेको खण्डमा राज्यमा राज्यपालद्वारा संविधानको धारा 356 अन्तर्गत राष्ट्रपति शासन लागू गर्नसकिने विशेषज्ञहरूको भनाइ रहेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.