वर्षाले घरहरू जलमग्न

अधिक वर्षाको कारण सिलगढीको 46 नम्बर वार्ड स्थित न्यू पोकाइजोतको घरहरूभित्र पानी पस्नाले परिवारका सदस्यहरूले समस्याको सामना गर्न परिरहेको गुनासो पोखेका छन्। जल निकासी व्यवस्था ठिक नभएकोले गर्दा नै प्रत्येक वर्ष वर्षाको समय उक्त इलाका जलमग्न हुने गरेको इलाकवासीहरूको आरोप रहेको छ। यस सम्बन्धमा वार्ड पार्षद्लाई अवगत गराए तापनि कुनै पहल नगरेको स्थानीय मानिसहरूको भनाइ रहेको छ। यसरी पानी जम्नाले स्थानीय मानिसहरू घरभित्रै बस्न बाध्य हुन परेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.