वयोवृद्ध साहित्यकार हायमनदास राई ‘किरात’-को निधन

नेपाली साहित्य जगतका महान् वयोवृद्ध साहित्यकार हायमनदास राई किरात अब हामीमाझ रहेनन्। तिनको निधन 101 वर्षको उमेरमा कालेबुङ जिल्लाअन्तर्गत पर्ने गोरूबथानमा भयो। हाल तिनी वृद्ध अवस्थामा पुगिसकेकोले गर्दा विभिन्न रोगहरूले पीडित थिए भने आइतबार राति 10 बजेर 30 मिनटमा तिनले आफ्नै पैतृक स्थल गोरूबथानमा अन्तिम श्वास फेरे। तिनको निधनले सम्पूर्ण भारतीय नेपाली भाषा साहित्यमा एउटा अपूरणीय क्षति बन्नको साथै भारतीय नेपाली साहित्यमा एउटा युगको अन्त भएको छ।


तिनको दुखद निधनमा भारतीय नेपाली साहित्यका विभिन्न वरिष्ठ साहित्यकार, समाजसेवीलगायत भारतीय राजनैतिक वरिष्ठ नेताहरूले गहिरो शोक प्रकट गर्नको साथै शोक संतप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेका छन्। उनको पार्थिव शरीर हामीमाझ नरहे तापनि साहित्य अकादमी पुरस्कारले सम्मानित उनका कृति केही नमिलेका रेखाहरू (2008)-ले सदा उनी अमर रहनेछन्। यसबाहेक तिनी भारतलगायत नेपालका विभिन्न पुरस्कारहरूले पनि सम्मानित भइसकेका थिए। भारतीय नेपाली साहित्यका महान् साहित्यकार तथा लेखकहरू क्रमैले इन्द्रबहादुर राईको उपन्यास आज रमिता छ, अच्छाराई रसिक-को चर्चित उपन्यास दोभान आदि जस्ता कृतिहरू पनि तिनकै प्रकाशनमा सर्वप्रथम प्रकाशित भएको थियो।


यसबाहेक पनि तिनकै प्रकाशनमा अनेकौँ चर्चित कृतिहरू प्रकाशित भएको थियो। वयोवृद्ध साहित्यकार हायमनदास राई किरात-का प्रकाशित कथाहरू चौकीदार (1953), अभागिनीको साथी (1955), विनायो (1956), विजय (1965), भतुवा (1957), आँधीबेह्ररी (1961), पंखी (2000), तह नमिलेका रेखाहरू भाग-1 (2006), तह नमिलेका रेखाहरू भाग 2 (2007), हाइकिङ (2010) आदि छन्।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.