व्यवसायीलाई गोली ठोकेर हत्या गर्ने प्रयास

 मालदा : मालदामा एकजना छिमेकी युवकमाथि व्यवसायीलाई गोली ठोकेर हत्या गर्ने प्रयास गरेको आरोप लगाएको छ। उक्त घटना मंगलबार वैष्णनगर थानाको 17 माइल इलाकामा घटेको हो । घाइते व्यवसायी 32 वर्षिय सन्तोष मण्डल रहेको जानकारी प्राप्त भएको छ । सुत्रले बताए अनुसार सन्तोष मण्डल अनि तिनका छिमेकी सनातन मण्डल एकैसाथ ढुंगासँग सम्बन्धित व्यवसाय गर्छन् । केही दिन अघि सन्तोष मण्डलले अलगै आफ्नो व्यवसाय शुरू गरेपछि दुईजनामाझ विवाद शुरू भएको बताइएको छ । सनातन मण्डलले सन्तोष मण्डलाई मार्ने धम्की दिएको आरोप रहेको छ। मंगबार बिहान एकजना चालकले सन्तोषलाई एउटा पेट्रोल पम्प नजिक बोलाएपछि आरोपी सनातन मण्डलले सन्तोषलाई गोली ठोकेको बताइएको छ। घटनाको लगत्तैपछि स्थानीय मानिसहरूले सन्तोषलाई एउटा निजी अस्पतालमा भर्ना गरेपछि हाल तिनको उपचार चलिरहको जानकारी प्राप्त भएको छ


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.