भाजपा अध्यक्ष घोषले गरे भूमि आन्दोलनकारीहरूसँग भेट

राजगञ्ज : भाजपाका राज्य अध्यक्ष दिलीप घोषले शनिबार गाजोलडोबाको मिलनपल्ली पुगेर त्यहाँका भूमि आन्दोलनकारीहरूसँग भेट गरेर कुराकानी गरे। यसको साथै तिनले गाजोलडोबा मिलनपल्लीको भूमि रक्षा कमिटीको पक्षमा रहने आश्वासन पनि दिए। यसभन्दा अघि अध्यक्ष घोषलाई कृषक एवम् भूमि रक्षा कमिटीका सदस्यहरूले फुल माला लगाइदिएर भव्य स्वागत जनाउनको साथै सब्जीले भरिएको एउटा ढाकी पनि उपहार स्वरूप दिए। यस अवसरमा अध्यक्ष घोषले कृषकहरूलाई आफू सधैँ कृषकहरूको पक्षमा रहेको बताउँदै आवश्यक परेको खण्डमा राज्य सरकारविरुद्ध अदालतमा मामिला दर्ता गरिने बताए। कृषि जन्य भूमिलाई कसैले पनि कृषकहरूबाट दखल गर्न नसक्ने तिनले दावी गरे।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.