भाजपा कार्यकर्तालाई गोली ठोकेर हत्या गर्ने प्रयास

कुचबिहार : कुचबिहार दुई नम्बर क्षेत्रको चन्दनचौडा इलाकामा मंगलबार अबेर राति एकजना भाजपा कार्यकर्तालाई गोली ठोकेर हत्या गर्ने प्रयास गरेको तृणमूल कार्यकर्ता बापी रायविरुद्ध अभियोग उठेको छ। घाइते भाजपा कार्यकर्ता चन्दन दे-लाई तत्कालै कुचबिहारको एउटा निजी नर्सिङ होममा भर्ना गरेपछि हाल तिनी चिकित्साधीन अवस्थामा छन्। गत मंगलबार राति बापी रायले भाजपा कार्यकर्ता चन्दन दे-लाई घरबाट बोलाएर लगेपछि गोली ठेकेर हत्या गर्ने प्रयास गरेको घाइते चन्दनको भाई मिलन दे-ले आरोप लगाएका छन्। यस घटनालाई लिएर चन्दनको परिवारका सदस्यहरूले पुन्डीबारी थानामा बापी रायविरुद्ध प्राथमिकी दर्ता गरेको छ। तिनका परिवारका सदस्यहरूले चन्दन भाजपाको कार्यकर्ता भएको कारण नै तृणमूल कांग्रेसका बापी रायले गोली ठोकेर तिनको हत्या गर्ने प्रयास गरेको बताए। अर्कोतिर, बापी रायले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। उक्त घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.