भाजपा-ले जारी गर्‍यो विधानसभा उपचुनाउको उम्मेदवारहरूको सूची

नयाँ दिल्ली : भाजपाले 17 वटा राज्यहरूमा हुने विधानसभा उपचुनाउको लागि आइतबार आफ्नो उम्मेदवारहरूको नाम घोषणा गरेको छ। भाजपाले 32 जना उम्मेदवारहरूको सूची जारी गरेको छ। जसमा उत्तर प्रदेश, बिहार, ओडिशा, छत्तीसगढ़, असम, हिमाचल प्रदेश, केरल, मेघालय, मध्य प्रदेश, पञ्जाब, राजस्थान, सिक्किम अनि तेलङ्गानाको आसनमा हुने उपचुनाउको प्रत्याशीहरूको नाम सामेल छ। स्मरण रहोस्, 17 वटा राज्यको 64 वटा विधानसभा आसनको लागि 21 अक्टोबरको दिन उपचुनाउ हुने भएको छ।


(साङ्केतिक फोटो)


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.