भाजपा पार्टी कार्यालयमा तोड़फोड़ साथै कार्यकर्ताहरूसँग कुटपीट गरेको तृणमूलविरुद्ध आरोप

कुचबिहार : भाजपा पार्टी कार्यालयमा तोड़फोड़ गर्नको साथै भाजपा कार्यकर्ताहरूलाई कुटपीट गरेको तृणमूल कांग्रेसविरुद्ध अभियोग उठेको छ। उक्त घटना गत राति तुफानगञ्ज महकुमाको नाटाबाड़ी विधानसभा अन्तर्गत पर्ने बलरामपुर कलोनी बजार इलाकामा घटेको हो। तृणमूल कांग्रेसले बमद्वारा आक्रमण गर्नको साथै गोलीबारी गरेको भाजपाले आरोप लगाएको छ। तथापि, तृणमूल कांग्रेसले यी सबै आरोपहरू झुटो रहेको बताए।


बलरामपुर कलोनी बजारमा तृणमूल समर्थकहरूले बमद्वारा आक्रमण, भाजपा पार्टी कार्यालयमा तोड़फोड़ गर्नको साथै भाजपा कार्यकर्तासँग बजारमा आएका ग्राहकहरूसँग पनि कुटपीट गरेको भाजपाको आरोप रहेको छ। उक्त घटनामा 10 जना व्यक्तिहरू घाइते भएका छन्। यस घटनाबारे तुफानगञ्ज थानामा लिखित अभियोग दर्ता गरेको छ। अर्कोतिर, तृणमूल कांग्रेसको कुचबिहार जिल्ला उपाध्यक्ष अब्दुल जलील अहमदले यी सबै आरोपहरू झुटो रहेको बताउँदै लोकसभा चुनाउपछि भाजपाले अशान्ति फैलाइरहेको बताए। गत राति बलरामपुर बजारमा पनि भाजपाले नै बमद्वारा आक्रमण गरेको साथै उक्त घटनामा धेरैजना तृणमूल कार्यकर्ताहरू घाइते भएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.