भाजयुमो-को ऱ्याली रोक्न लट्ठीचार्ज, पाँच गम्भीर घाइते

कोलकाता : बिजलीको मूल्यमा वृद्धि गरेको प्रतिवादमा कोलकतामा बुधवार प्रदर्शन गरिरहेको समय भारतीय जनता युवा मोर्चाका कार्यकर्ताहरूलाई पुलिसले रोक्ने प्रयास गर्दा धक्का-धक्की शुरू भएको बताइएको छ। यस अवधि पुलिसले भाजपा युवा मोर्चाका कार्यकर्ताहरूमाथि लट्ठी चार्ज गर्दा धेरैजना कार्यकर्ताहरू गम्भीर रूपमा घाइते भएको आरोप लगाइएको छ। घाइतेहरूमध्ये पाँचजनाको हालत खुबै चिन्ताजनक रहेको बताइएको छ। घाइतेहरूलाई कोलकाता मेडिकल कलेज एवं अस्पताल तथा विशुद्धानन्द अस्पतालमा भर्ना गरिएको छ। यस वाहेक केही भाजपा युवा मोर्चाका नेताहरू अनि कार्यकर्ताहरूलाई घटनास्थलबाट पुलिसले पक्राउ गरेको छ। आजको प्रतिवाद ऱ्यालीमा भाजपाका राज्य महासचिव राजू ब्यानर्जीलगायत धेरै संख्यामा कार्यकर्ताहरू अनि नेतागण उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.