भारत-बङ्ग्लादेश सीमामा भेट्टाइयो दुईवटा नील गाई

इस्लामपुर : भारत-बङ्ग्लादेश सीमावर्तीको एउटा गाउँबाट दुईवटा नील गाई उद्धार गरिएको छ। प्राप्त जानकारीअनुसार करणदिघी थाना अन्तर्गत पर्ने भाङ्ड़ियाडाङ्गी गाउँमा बुधबार बिहान स्थानीय मानिसहरूले दुईवटा नील गाई सीमाको काँढे तारमा फँसेको देखेपछि उक्त गाईलाई तारबाट निकालेर यसबारे वन विभागलाई खबर दिए। खबर पाएपछि उत्तर दिनाजपुर वन विभागको कर्मी आएर दुईवटा गाईलाई प्राथमिक चिकित्सा गरेर कुलिक चिड़ियाघरमा राखिएको वनविभागद्वारा जानकारी प्राप्त भएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.