भारत लगायत पाँच देशको 15 अगस्तमा स्वतन्त्रता दिवस

नयाँ दिल्ली : भारतसँगै विश्वको पाँचवटा देशले 15 अगस्तको दिन आफ्नो स्वतन्त्रता दिवस मनाउने गर्दछन्। धेरै जसो मानिसहरूलाई 15 अगस्तमा स्वतन्त्रता दिवस मनाउने ती देशहरू क्रमैले उत्तर कोरिया, दक्षिण कोरिया, काङ्गो, बहरीन र लिकटेन्स्टीन बारेमा थाहा नहुनु सक्लान। यसै गरि दक्षिण कोरिया अनि उत्तर कोरियाले यस वर्ष आफ्नो 75औँ स्वतन्त्रता दिवस मनाउने छ भने काङ्गोले आफ्नो 60औँ स्वतन्त्रता दिवस 15 अगस्तमा पालन गर्ने छ। यसबाहेक लिकटेन्स्टीन सन् 1940-मा स्वतन्त्र भएको थियो। स्वतन्त्रता पाएपछि लगातार हालसम्म लिकटेन्स्टीनले 15 अगस्तको दिन हर्षोल्लासको साथमा स्वतन्त्रता दिवस मनाउँदै आइरहेको छ। बहरीनलाई ब्रिटिश सरकारले 14 अगस्त 1971-मा स्वतन्त्र गराएको थियो। यसैले गर्दा बहरीनले पनि 15 अगस्तको दिन आफ्नो स्वतन्त्रता दिवस घोषणा गरेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.