भाषा मान्यता दिवस मनाइने

सिलगढी : नेपाली भाषा दिवस समारोह समितिको तर्फबाट सिलगढीको कदमतलास्थित बीएसएफ क्याम्प दुर्गा मन्दिर नजिक आगामी 20 अगस्तको दिन नेपाली भाषा दिवस भव्य रूपमा मनाइने भएको छ। सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलन आयोजना गरेर समितिका सदस्य लोकनाथ उपाध्यायले यसबारे जानकारी गराए। तिनले बताएअनुसार गत दुई वर्षदेखि उक्त समितिले विभिन्न कार्यक्रमको माध्यमद्वारा नेपाली भाषा दिवस पालन गर्दै आइरहेको छ। नेपाली भाषा, साहित्य तथा संस्कृतिलाई जोगाइ राख्ने उद्देश्य लिएर समितिको तर्फबाट उक्त भाषा दिवस पालन गरिने भएको तिनले बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.