भेटागुड़ीमा फेरि बमद्वारा आक्रमण र तोड़फोड़

कुचबिहार : कुचबिहारको भेटागुड़ी इलाकामा फेरि एकपल्ट बमद्वारा आक्रमण गरेको घटनाले सनसनी मच्चिएको छ। कुचबिहार जिल्लाको दिनहाटा महकुमाको भेटागुड़ी-1 नम्बर ग्राम पञ्चायत प्रधान रतन बर्मनको घरमा तोड़फोड़ साथै बमद्वारा आक्रमण गरेको तृणमूल कांग्रेसविरुद्ध आरोप उठेको छ। प्राप्त जानकारीअनुसार गत राति तृणमूल समर्थकहरूले प्रधान रतन बर्मनको घरमा बमद्वारा आक्रमण गर्नको साथै तोड़फोड गरेको आरोप रहेको छ। पञ्चायत प्रधान रतन बर्मनले उक्त घटनाबारे दिनहाटा पुलिसलाई खबर दिएपछि दिनहाटा पुलिस घटनास्थलमा पुगेर निरीक्षण गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। अर्कोतिर, तृणमूल कांग्रेसले आफूहरूमाथि लगाइएको सबै आरोप निराधार रहेको दावी गरेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.