विधायकको आश्वासन पछि ल्याण्ड लुजरहरूको हड़ताल समाप्त

जलपाईगढी : विधायक खगेश्वर रायले माग पुरा गरिदिने आश्वासन दिएपछि जलपाईगढीमा भोक हड़तालमा बसेका ल्याण्ड लुजरहरूले भोक हड़ताल समाप्त गरेको छ। विधायकले एक महीनाको अवधिमा यस मामिलाबारे उचित कदम उठाउने आश्वासन दिएको आन्दोलनकारीहरूले जानकारी दिएका छन्। यस सम्बन्धमा गत मंगलबार साँझ सिलगढीको उत्तरकन्यामा मुख्यमन्त्री ममता ब्यानर्जीको सचिवालयका सचिवसित आन्दोलनकारिहरूको एउटा प्रतिनिधिदलसित बैठक भएको बताइएको छ। आउँदो 28 अगस्तमा विधानसभामा यस मुद्दालाई उठाउने जलपाईगढी जिल्लाको राजगञ्ज विधायक खगेश्वर रायले आश्वासन दिएका छन्। यदि ल्याण्ड लुजरहरूलाई चाँडो भन्दा चाँडो सरकारद्वारा गरिएको वाचा अनुसार नोकरी नदिए  तिनीहरूले बृहत रूपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.