विधायक सरिता राईलाई कालो झण्डा देखाएर गो ब्याक-को नारा

कालेबुङ : कालेबुङका विधायक श्रीमती सरिता राईलाई आज कालेबुङ जिल्लाको रेलिङमा विनय तामाङ खेमाका समर्थकहरूले कालो झण्डा देखाएर तिनको विरोध गर्दै गो ब्याकको नारा लगाए। प्राप्त जानकारीअनुसार कालेबुङको रेलिङमा दार्जिलिङका सांसद राजु विष्टको एउटा कार्यक्रममा अंश ग्रहण गर्नको लागि कालेबुङका विधायक श्रीमती सरिता राई गइरहेको समय विनय खेमा गोजमुमो समर्थकहरूले कालो झण्डा देखाएर तिनलाई अघि जान दिएनन्। यी मोर्चा समर्थकहरू सांसद विष्ट यस क्षेत्रमा आउने भएकोले गर्दा कालो झण्डा लिएर तिनको विरोध जनाउन भेला भएका थिए। यसै क्रममा विधायक सरिता राई पनि सांसद विष्टको कार्यक्रममा गइरहेकोले गर्दा नै तिनी पनि विक्षोभको सम्मुखिन बन्नको साथै तिनलाई कालो झण्डा देखाएर अघि जान नदिएको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.