विधायक शङ्कर घोषद्वारा सिलगढी जिल्ला अस्पतालको निरीक्षण, बुनियादी ढाँचाको कमी रहेको आरोप

सिलगढी : सिलगढी सहर लगायत यसको छेउछाउका इलाकाका रोगी तथा तिनका परिवारका सदस्यहरू उपचारको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल सँगसँगै सिलगढी जिल्ला अस्पतालमा पनि आउने गर्दछन्। प्रत्येक वर्ष हजारौँको संख्यामा रोगीहरू सिलगढी जिल्ला अस्पतालमा उपचारको लागि आउने गरे तापनि अस्पतालमा बुनियादी ढाँचाको कमी, डाक्टर, वार्ड बोय, सुरक्षा गार्ड सहित विभिन्न क्षेत्रमा कर्मचारीहरूको संख्या निक्कै कम्ती रहेको विधायक शंकर घोषले आरोप लगाएका छन्। विधायक शङ्कर घोषले आज सिलगढी जिल्ला अस्पतालको निरीक्षण गरेपछि अधीक्षक कक्षमा गएर सहायक अधीक्षकसित अस्पतालको विविध विषयमा जानकारी लिनको साथै यहाँको बुनियादी समस्याहरूबारे कुराकानी गरे। सिलगढीका विधायकले आज पत्रकारहरूसित कुराकानी गर्दै सिलगढी जिल्ला अस्पतालमा बुनियादी ढाँचाको कमी रहेको बताए। यसको साथै रोगी कल्याण समितिको बैठकमा आफूलाई नबोलाएको पनि तिनले गुनासो पोखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş