विद्यार्थीहरूलाई बाइक तथा स्कुटी चलाउनमा रोक

खोरीबारी : खोरीबारी, नक्सलबारी, घोषपुखुर अन्तर्गत पर्ने विभिन्न क्षेत्रहरूमा अवैध ढङ्गमा बाइक तथा स्कुटी चलाइरहेका विद्यार्थीहरूविरुद्ध घोषपुखुर ट्राफिक पुलिसले एउटा विशेष अभियान शुरू गरेको छ। घोषपुखुर ट्राफिक पुलिस ओसी संजीव दत्ताले बताएअनुसार यस विशेष अभियानअन्तर्गत क्षेत्रका विभिन्न स्कुलमा पढ्ने 18 वर्षदेखि कम्ती उमेरका विद्यार्थीहरूलाई बाइक तथा स्कुटी चलाउनमा रोक लगाउनका लागि उक्त अभियान चलाएको हो। यसको साथै तिनीहरूको अभिभावकविरुद्ध चालान पनि काट्ने गरेको तिनले अझ बताए। उक्त अभियानअन्तर्गत ट्राफिक पुलिसले इलाकाको सबै स्कुलहरूमा गएर विद्यार्थीहरूलाई जागरूक गराइएको साथै यसअन्तर्गत लाइसेन्स र हेलमेटबिना बाइक तथा स्कुटी चलाउनमा पूर्ण प्रतिबन्ध लगाइएको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.