विद्यार्थीहरू प्राण हत्केलामा लिएर स्कूल जान बाध्य

राजगञ्ज : राजगञ्ज ब्लकको बेलाकोवा इलाकामा विद्यार्थीहरू प्राण हत्केलामा राखेर दिनहुँ सिटी अटोको माथि बसेर स्कूल जान बाध्य छन्। राज्य सरकारको तर्फबाट नवौं र दसौं कक्षाका विद्यार्थीहरूलाई साइकल वितरण गरिएता पनि  त्यसभन्दा तल्लो श्रेणीका विद्यार्थीहरू यस्तै प्रकारले  प्रत्येक दिन यात्रा  गरिरहेका छन्। प्रशासनले यी सबै देखेर पनि मौन रहेको स्थानीय मानिसहरूले  आरोप लगाएका छन्। स्थानीय मानिसहरूको भनाई अनुसार चाँडो भन्दा चाँडो यस्तो जोखिमपूर्ण यातायातलाई बन्द गर्नु पर्छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.