बिहे गर्न अस्वीकार गरेपछि प्रेमिकाद्वारा प्रेमीको घर अघि धरनामा

इस्लामपुर : बिहेको झुटो प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएर बिहे गर्न अस्वीकार गरेपछि एउटी युवती प्रेमीको घरअघि धरनामा बसेकी छन्। उक्त घटना चोपड़ा ब्लक अन्तर्गत पर्ने मझियाली ग्राम पञ्चायत इलाकामा घटेको हो। उक्त युवतीले लगाएको आरोप अनुसार तिनको प्रेमीले बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि प्रेमीको परिवारका सदस्यहरूहरूले ती दुईको सम्बन्ध स्वीकार नगरेको बताइन्। अर्कोतिर, युवकका पिता मोहम्मद अब्दुलले आफ्नो घर अघि उक्त युवतीले धरना गरेको सुनेपछि आत्महत्या गर्ने प्रयास गरे।हाल प्रेमीको पिताको चिकित्सा दलुआ प्राथमिक स्वास्थ्य केन्द्रमा चलिरहेको बताइएको छ।


युवतीले बताए अनुसार दुई वर्ष अघिदेखि नै मन्जर आलमसँग तिनको प्रेम सम्बन्ध थियो। आफुसँग विवाह गर्ने वाचा गरे तापनि मन्जरका परिवारका सदस्यहरू विवाह गर्न राजी भएनन्।  त्यसपछि यसबारेमा गाँउमा एउटा सालिशी सभाको पनि आयोजना गरिएको थियो तर यसबाट पनि कुनै समाधान निस्किएन। मन्जरको घरमा जाँदा तिनका परिवारका सदस्यहरूले युवतीलाई कुट-पीट गरेको आरोप रहेको छ। अन्तमा बाध्य भएर युवतीले प्रेमीको घर अघि धरनामा बसेको दाबी गरेको छ। अर्कोतिर आरोपीको आमाले आफ्नो छोरालाई फसाउँने प्रयास गरिरहेको आरोप लगाएकी छन्। यसैगरी  मझियाली ग्राम पञ्चायतका उपप्रधान विश्वजीत सिंहले बताए अनुसार यस समस्याको समाधान गर्नका लागि अगावै पनि  सालिशी सभा गरिएको थियो। चाँडो भन्दा चाँडो यसको समाधान निकाल्ने तिनले बताएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.