बिजनबारीलाई प्लास्टिक मुक्त बनाउन बोतल ब्रिक्स प्रतियोगिता हुने

बिजनबारी: दार्जिलिङको बिजनबारी खण्डलाई प्लास्टिक मुक्त बनाउने उद्देश्यले विगत वर्षहरु झै यस वर्ष पनि खण्ड विकास कार्यालय दार्जिलिङ पुलबजारको आयोजनामा तेस्रोपल्ट “प्लास्टिक बोटल ब्रिक्स प्रतियोगिता” गरिने तय भएको छ। खण्ड विकास अधिकारी कौशिक ब्यानर्जीको पहलमा स्वच्छ भारत अभियानलाई निरन्तरता दिँदै यस प्रकारको प्रतियोगिता हुँदै आइरहेको छ। यसपल्ट हुने उक्त प्रतियोगितामा २९ वटा स्वनिर्भर समुह अनि १ वटा आईसीडीएस दलले सहभागिता जनाउने भएको छ। यस वाहेक ईच्छुक महानुभावहरुले पनि “प्लास्टिक बोटल ब्रिक्स प्रतियोगिता”- मा भाग लिन सक्ने छन्।


प्रतियोगीहरुले 1 अथवा 2 लिटरको प्लास्टिकको पानी वा कोक,फ्यान्टा,स्प्राईट आदिको बोतलभित्र मिठाइ,वाईवाई,मिमि साथै अन्य प्लास्टिकका खोलहरु बोटलभित्र टाइट गरि खाद्नु पर्नेछ। सेप्टेम्बर महिनाको अन्ततिर प्लास्टिक बोटल ब्रिक्सलाई संग्रह गर्न स्वनिर्भर समुहका सदस्यहरु आउने छन्। अधिक मात्रामा बोतल ब्रिक्स बनाउने प्रतियोगीलाई आगामी 2 अक्टोबर 2019-को दिन यहाँको खण्ड विकास कार्यालयमा एउटा कार्यक्रममाझ पुरस्कृत गरिने छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.