बिजुलीको करेन्ट लागेर युवकको मृत्यु

खोरीबारी : खोरीबारी थाना क्षेत्रको जागीरजोतमा बिजुलीको पोल ढलेर एकजना व्यक्तिको घटनास्थलमै अकाल मृत्यु भएको छ। मृतक व्यक्ति खोरीबारी प्रखण्डको नयाँ हाट तारीजोत निवासी दिलीप हांसदा हुन् भनि थाहा लागेको छ। बिजुलीको पोल ढलेर लाग्दा दिलीपको मृत्यु घटनास्थलमा नै भएको साथै तिनी मजदुरी गर्नका लागि जगीरजोत गएको खोरीबारी थाना प्रभारी पासाङ शेर्पाले जानकारी दिएका छन्। घटनाक्रम अनुसार मंगलबार दिउँसोको खाना खानका लागि तिनी एउटा रूखमुनि बसेको समयमा नै पोल लडेर बिजुलीको तारले झरेर स्पर्श गर्दा तिनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। पुलिसले घटनास्थलबाट दिलीपको शव उद्धार गर्नको साथै पोस्टमार्टमको लागि पठाइएको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.