बाईकको धक्काले श्रमिक घाइते

सिलगढी : सिलगढीको फुलबारी अन्तर्गत पर्ने उत्तरकन्या नजिक शुक्रबार एउटा बाईकको धक्का लागेर एकजना श्रमिक घाइते भएका छन्। उक्त घटनाले इलाकामा व्यापक उत्तेजनाको माहौल सृष्टि भएपछि एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रणमा ल्याएको बताइएको छ। पुलिसले घाइते व्यक्तिलाई उद्धार गरेर अस्पतालमा भर्ना गराएको छ भने आरोपी बाईक चालकलाई पक्राउ गरेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.