बाईक र साईकल ठोक्किँदा एक मरे, एक घाइते

इस्लामपुर: मोटर बाईक अनि साईकल आपस्तमा ठोक्किँदा बाईकमा सवार एकजना युवकको मृत्यु भएको छ भने साईकल आरोही वृद्ध व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। मृतक अकालुको रूपमा अनि घाइते वृद्ध शहरुलको रूपमा चिन्हित गरिएको बताइएको छ। यस घटना बिहारको शीताहरी इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार बिहार शीताहरी ईलाकामा तीनजना युवक एउटा बाइकमा सवार भएर घुमिरहेका थिए। स्थानीय मानिसहरूलाई तिनीहरूमाथि नोनी चोरहरू हो भन्ने सन्देह लागेपछि तिनीहरूको पिछा गरे। मानिसहरूको भीड आफ्नो पछि आएको देखेर चालकले बाईकको गति अधिक स्पीट गरेर भाग्ने प्रयास गर्दा बाइक एउटा साईकलसँग ठोक्कियो। यस घटनामा बाइकमा सवार एकजना युवकको घटनास्थलमा नै मृत्यु भयो भने साईकलमा सवार वृद्ध व्यक्ति घाइते भएको बताइएको छ। उक्त घटनाको खबर पाएर पुलिसले घटनास्थलमा पुगेर मृतक युवकको शव उद्धार गरेपछि पोस्टमोर्टमको लागि इस्लामपुर अस्पताल पठाइएको छ भने घटनाको जाँच शुरू गरेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.