विनयपन्थी गोजमुमोको नौ परिवार गोरामुमोमा सामेल

 दार्जीलिङ : दार्जीलिङ जिल्लाको रिम्बिक लोधामा समष्टि अन्तर्गत लोधामा शाखा एक बासबोटे क्षेत्रबाट गोजमुमो बिनय खेमा-को 9 घर परिवारका सदस्यहरू गोरामुमोमा सामेल भएको छ। रिम्बिक लोधामा समष्टि अन्तर्गत लोधामा शाखा एक-को सांगठनिक सभामा गोरामुमो युवा एकाई गठन गरियो । यस अवसरमा गोजमुमो बिनय खेमा-को 9 घर परिवारका सदस्यहरू गोरामुमोमा सामेल भएपछि तिनीहरूलाई पार्टीको झण्डा दिएर स्वागत जनाइयो। शाखा सभापति पेम्बा भोटियाले संचालन गरेको सभामा समष्टि युवा एकाईका मुल सचिव चित्रसेन सुब्बा, प्रचार प्रचार सचिव प्रदीप लिम्बू, लोधामा शाखा एक-का युवा एकाई सभापति पासाङ तामाङको उपस्तिथिमा लोवर बासबोटे गोरामुमो युवा एकाई शाखा  गठन गरियो । समितिमा सभापति धनमान राई, मुल सचिव गौरव गुरुङसहित कार्यकारिणी सदस्यहरु मनोज राई, जयकुमार राईसन्तोष  राई , अमर राई, जीतबहादुर राई चयन भएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.